जनकपुरधाममा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

हिमाल प्रेस २७ कार्तिक २०८३ ९:११ | Friday, November 13, 2026
8
SHARES
जनकपुरधाममा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

जनकपुरधाम- धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१३ स्थित पिडारीचोकमा बिहीबार टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

पिडारीचोकबाट रत्नसागरतर्फ जाँदै गरेको मधेस प्रदेश ०२-०१० प ४०६९ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको मधेस प्रदेश ०३-००१ ख ७५०४ नम्बरको टिपरले ठक्कर दिएको हो।

ठक्करबाट स्कुटर चालक महोत्तरीको मनरासिस्वा नगरपालिका-५ कटैयाका २० वर्षीय नवीन चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

मृतकको शव परीक्षणका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखिएको छ। दुर्घटनापछि प्रहरीले टिपर चालक महोत्तरीको भङ्गहा नगरपालिका-७ सितापुरका २२ वर्षीय सचिनकुमार सिंहलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित: २७ कार्तिक २०८३ ९:११ | Friday, November 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast