रास्वपाले बोलायो सचिवालय बैठक

हिमाल प्रेस १४ कार्तिक २०८३ ६:२० | Saturday, October 31, 2026
14
SHARES
रास्वपाले बोलायो सचिवालय बैठक

काठमाडौँ– सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बाेलाएकाे छ।

रास्वपा सभापति रवि लामिछानेले आज शनिबार बिहान ११ बजे बस्नेगरी पार्टीको सचिवालय बैठक आह्वान गरेका हुन्।

समसामयिक विषयमा छलफल गर्न भन्दै शुक्रबार राति नेताहरूलाई शनिबार बस्ने सचिवालय बैठकमा सहभागी हुन पार्टीका तर्फबाट म्यासेज पठाइएको रास्वपाका एक नेताले जानकारी दिए।

यसअघि शुक्रबार साँझ सभापति लामिछानेले कानुनमन्त्री साेबिता गाैतमसहित कानुनविद्‌समेत रहेका पार्टीका सांसदहरूसँग छलफल गरेका थिए।

 

प्रकाशित: १४ कार्तिक २०८३ ६:२० | Saturday, October 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast