वार्नरको प्रशंसा गर्दै काठमाडौँ गोर्खाजका कप्तान केसीले भने- एकपटक टिमको सदस्य बनेपछि सधैँ परिवार

हिमाल प्रेस २४ कार्तिक २०८३ १३:३३ | Tuesday, November 10, 2026
वार्नरको प्रशंसा गर्दै काठमाडौँ गोर्खाजका कप्तान केसीले भने- एकपटक टिमको सदस्य बनेपछि सधैँ परिवार

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाजको प्रतिनिधित्व गरेका अस्ट्रेलियन क्रिकेटर डेभिड वार्नरलाई टोलीका कप्तान करण केसीले विशेष धन्यवाद व्यक्त गरेका छन्।

कप्तान केसीले वार्नरको जोश, प्रतिबद्धता र योगदानले टोलीलाई थप बलियो बनाएको बताएका छन्। उनले वार्नरको सहभागिता क्रिकेटमा मात्र सीमित नभई टोलीबीचको एकता, भाइचारा र सामूहिक भावनाको प्रतीक रहेको उल्लेख गरेका छन्।

‘एकपटक टोलीको सदस्य बनेपछि सधैँ परिवारकै सदस्य रहिन्छ,’ भन्ने भाव व्यक्त गर्दै केसीले वार्नरको आगामी यात्राका लागि निरन्तर सफलताको शुभकामना दिएका छन्।

वार्नरले काठमाडौँ गोर्खाजसँग बिताएको समय र टोलीप्रतिको योगदानप्रति आभार व्यक्त गर्दै कप्तान केसीले पुनः धन्यवाद दिएका छन्।

वार्नरले गोर्खाजबाट चार खेल खेलेका थिए। जसमा एक हार र तीन जित भएको थियो। सोमबार कर्णाली याक्सलाई हराएर काठमाडौँ अंक तालिकाको शीर्ष स्थानमा छ।

प्रकाशित: २४ कार्तिक २०८३ १३:३३ | Tuesday, November 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast