सामराको शतकले चम्कियो पोखरा, कर्णालीमाथि ६३ रनको सानदार विजय

हिमाल प्रेस २३ कार्तिक २०८३ १६:१४ | Monday, November 9, 2026
सामराको शतकले चम्कियो पोखरा, कर्णालीमाथि ६३ रनको सानदार विजय

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले पहिलो जित दर्ता गरेको छ। क्यानेडियन ओपनर युवराज सामराको विस्फोटक शतक र कुशल भुर्तेलको आक्रामक अर्धशतकले पोखराले सोमबार कर्णाली याक्सलाई ६३ रनले पराजित गरेको हो।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पोखराले दिएको २१८ रनको लक्ष्य पछ्याएको कर्णालीले लक्ष्य भेट्टाउन सकेन।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २१७ रनको विशाल योगफल तयार पारेको थियो।

पोखराको विशाल स्कोरमा ओपनर सामराले सर्वाधिक योगदान दिए। उनले आक्रामक ब्याटिङ गर्दै ४८ बलमा १०२ रन बनाए। सामराले मात्र ४५ बलमा शतक पूरा गरेका थिए। जारी एनपीएल सिजनको यो पहिलो शतकसमेत हो।

कुशल भुर्तेलले पनि उत्कृष्ट ब्याटिङ प्रदर्शन गरे। उनले सात छक्काको मद्दतमा ३९ बल खेल्दै ६२ रन बनाए। सामरा र कुशलबीचको आक्रामक ब्याटिङले पोखरालाई जारी प्रतियोगितामै पहिलोपटक २०० रनको आँकडा पार गराएको हो।

कप्तान चामिका करुणारत्नेले पनि अन्तिमतिर आक्रामक ब्याटिङ गर्दै ११ बलमा तीन चौका र एक छक्कासहित अविजित ३५ रन जोडे। सन्नी विक तीन रनमा अविजित रहे भने महेदी हसन पाँच रन बनाएर आउट भए।

बलिङतर्फ कर्णाली याक्सका सोमपाल कामीले चार ओभरमा २४ रन खर्चेर दुई विकेट लिए। मार्क वाटले एक विकेट हात पारे। यस जितसँगै पोखरा एभेन्जर्सले जारी एनपीएलमा जितको खाता खोलेको छ।

प्रकाशित: २३ कार्तिक २०८३ १६:१४ | Monday, November 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast