पृथ्वी राजमार्ग सन्चालनमा

हिमाल प्रेस २३ कार्तिक २०८३ १४:१४ | Monday, November 9, 2026
पृथ्वी राजमार्ग सन्चालनमा

काठमाडौँ- पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिङ सडक खण्डको घोप्टेभीरमा खसेको ठूलो सुख्खा पहिरो पन्छाइएपछि सडक दुईतर्फी रूपमै सञ्चालन भएको सडक विभागले जनाएको छ । विभागका प्रवक्ता शुभराज न्यौपानेले भर्खर पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको जानकारी दिए ।

आज (सोमबार) बिहान खसेको पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको यस राजमार्गलाई निरन्तरको प्रयासपछि खुलाइएको हो ।   विभागका अनुसार, उक्त सडक खण्डको चेनज ७९‍+२०० स्थित घोप्टेभीरमा खसेको पहिरो हटाउन ५ वटा मेसिन (उपकरण) हरूको सहायता लिइएको थियो ।

प्रकाशित: २३ कार्तिक २०८३ १४:१४ | Monday, November 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast