युवराज साम्राले प्रहार गरे एनपीएल सिजन ३ को पहिलो शतक

हिमाल प्रेस २३ कार्तिक २०८३ १३:४९ | Monday, November 9, 2026
युवराज साम्राले प्रहार गरे एनपीएल सिजन ३ को पहिलो शतक

काठमाडौँ- पोखरा एभेन्जर्सका युवराज सिंह साम्राले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनमा कर्णाली याक्सविरुद्ध शतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा उनले ४५ बलमा १० चौका र ६ छक्का मद्दतमा १०० रन पूरा गरेका हुन् । उनी १०२ रन बनाएर कर्णाली मार्क वाटको बलमा आउट भएका छन्।

क्यानडाका ओपनर समेत रहेका सम्राले एनपीएलमा आफ्नो दोस्रो खेल खेल्दै शतक बनाएका हुन् । यस सिजन एनपीएलमा शतक प्रहार गर्ने युवराज पहिलो खेलाडी हुन् ।

यस्तै उनी एनपीएलमा शतक प्रहार गर्ने पोखराका तेस्रो र समग्रमा चौथो खेलाडी हुन् ।यसअघि पोखराका आन्द्रे गौसले लुम्बिनी लायन्स विरुद्ध पहिलो सिजनमा शतक प्रहार गरेका थिए । यस्तै पोखराका लागि दोस्रो सिजनमा एडम रोसिङगटनले कर्णाद्यी याक्स विरुद्ध नै शतक प्रहार गरेका थिए ।

यस सिजन पोखराका लागि कुनै पनि खेलाडीले बनाएको यो उच्च स्कोर हो । यसअघि पोखराका लागि कुनै पनि खेलाडीले अर्धशतक समेत बनाउन सकेका थिएनन् ।

प्रकाशित: २३ कार्तिक २०८३ १३:४९ | Monday, November 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast