घोप्टेभिरमा सकियो मर्मत, पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

हिमाल प्रेस २४ कार्तिक २०८३ १३:३९ | Tuesday, November 10, 2026
घोप्टेभिरमा सकियो मर्मत, पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

चितवन- पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका –४ घोप्टेभिरमा फेरि सुख्खा पहिरो खस्दा दुईतर्फी अवरुद्ध भएको सडक केही बेरअघि सञ्चालनमा आएको छ । सोमबार दिउँसो आठ घण्टापछि सञ्चालनमा आएको सडक राति पुनः पहिरो खसेपछि अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार राति ११ः१० बजे सडक माथिबाट सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने लामो प्रयासपछि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए।

यसअघि सोमबार बिहान साढे ५ बजे पनि सोही स्थानमा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो । करिब आठ घण्टाको प्रयासपछि दिउँसो २ बजे सडक सञ्चालनमा आएको थियो।

घोप्टेभिर क्षेत्रमा लगातार पहिरो खस्दा तीन दिनदेखि पृथ्वी राजमार्गको यातायात प्रभावित हुँदैआएको छ । पटक पटक पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्याले यात्रु तथा सवारीचालकले सास्ती खेप्नुपरेको छ। सडक सञ्चालनमा आए पनि अझै सुक्खा पहिरो खस्ने चिन्ता स्थानीयमा छ ।

प्रकाशित: २४ कार्तिक २०८३ १३:३९ | Tuesday, November 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast