धादिङ– धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारस्थित पृथ्वी राजमार्गमा सोमबार तीन घण्टा सवारी आवागमन बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम गर्न बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिनेछ।
नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) को सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालयले सवारी आवागमन बन्द हुने जानकारी गराएको हो।
कार्यालयले उक्त अवधिमा वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्न तथा सवारी चालक र सडक प्रयोगकर्तालाई ट्राफिक नियम र सडक अनुशासन पालना गर्न आग्रह गरेको छ।
प्रकाशित: १५ कार्तिक २०८३ १३:२९ | Sunday, November 1, 2026
प्रतिक्रिया



