काठमाडौँ- लोकप्रिय हिन्दी गीतहरूको छायांकन भएका आकर्षक तथा रमणीय लोकेसनमा छायांकन गरिएको हिन्दी म्युजिक भिडियो ‘मेरे यारा’ सार्वजनिक भएको छ।
प्रेम र रोमान्सलाई सुन्दर दृश्यहरूमार्फत प्रस्तुत गरिएको भिडियोले दर्शकलाई गीतको आनन्दसँगै दिल्लीका आकर्षक स्थानहरूको दृश्यात्मक यात्रा गराउनेछ।
नेपाली निर्देशक नितिन चन्दको निर्देशनमा तयार भएको भिडियोमा अस्ट्रेलियामा बसोबास गर्दै आएका कलाकार प्रदीप तिमल्सिना र देहरादूनकी मिस उत्तराखण्ड स्मृति रावत मुख्य भूमिकामा देखिएका छन्।
एनसीएक्स स्टुडियोज इन्टरनेसनलको निर्माण रहेको उक्त म्युजिक भिडियो मुम्बईस्थित एफएमडी म्युजिकले सार्वजनिक गरेको हो।
दिल्लीका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको भिडियोको लाइन प्रोडक्सनको जिम्मेवारी राजेन्द्र घिमिरेले सम्हालेका छन्। घिमिरेले यसअघि ‘तेन्जिन’, ‘इन्डियन ३’ र ‘जेलर २’ लगायतका ठूला ब्यानरका फिल्ममा समेत काम गरिसकेका छन्।
नेपाल, भारत र अस्ट्रेलियाका कलाकार तथा प्राविधिकको सहकार्यमा निर्माण भएको ‘मेरे यारा’ ले अन्तर्राष्ट्रियस्तरमा नेपाली सिर्जनात्मक क्षमता र प्राविधिक सहकार्यलाई समेत प्रस्तुत गरेको छ।
म्युजिक भिडियो अहिले एफएमडी म्युजिकको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भइसकेको छ।
म्युजिक भिडियो



