काठमाडौँ- नेपाली गीतसंगीतका स्रष्टा प्रमोद भण्डारी ‘हालतखराब’ को शब्द तथा सीडी विजय अधिकारी को स्वर र संगीत रहेको नयाँ देशभक्ति गीत ‘भन्दिनुस् यो देशले के पायो?’ सार्वजनिक भएको छ।
लामो समयदेखि नेपाली गीतसंगीतको क्षेत्रमा सक्रिय रहेका गीतकार प्रमोद भण्डारीले यस गीतमार्फत देशको राजनीतिक, सामाजिक तथा राष्ट्रिय अवस्थाप्रति गम्भीर प्रश्न उठाएका छन्।
श्रृङ्गार रस, वीर रस र देशभक्तिका विषयमा कलम चलाउँदै आएका भण्डारीले यसपटक राष्ट्रप्रेम, स्वाभिमान, इतिहास संरक्षण र राष्ट्रिय एकताको सन्देशलाई गीतमा समेटेका छन्।
गीतमा परिवर्तनका नाममा भएका गतिविधि, राष्ट्रिय एकतामाथिको चुनौती, विदेशी प्रभाव, कर्तव्यबोधको अभाव, संस्कृति र स्वाभिमानको संरक्षण तथा इतिहास र सीमाप्रतिको चिन्तालाई भावपूर्ण ढंगले प्रस्तुत गरिएको छ।
‘भन्दिनुस् यो देशले के पायो?’ भन्ने मुख्य प्रश्नमार्फत गीतले परिवर्तनपछि देशले वास्तवमा के उपलब्धि हासिल गर्यो भन्ने विषयमा आत्ममूल्यांकन गर्न श्रोतालाई प्रेरित गर्छ।
गीतमा सीडी विजय अधिकारीको स्वर र संगीत रहेको छ भने पुष्कर खत्रीले संगीत संयोजन, रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ गरेका छन्। गीत सीडीएम म्युजिक क्रिएसनमार्फत सार्वजनिक गरिएको हो।
देशभक्तिको भाव बोकेको यो गीतले राष्ट्रिय हित, नैतिकता, बलिदान र नेपाली पहिचानको संरक्षणमा सबैको ध्यानाकर्षण गराउने प्रयास गरेको सर्जकहरूको विश्वास छ।
यस्तो छ गीत

