काठमाडौँ– वर्षासँगैको बाढी-पहिरो र सडक कटानको कारण आज (मंगलबार)पनि देशका केही सडक अवरुद्ध छन्। केही राजमार्गमा भने एकतर्फी मात्रै गाडी चलेका प्रहरीले जनाएको छ।
बाढीको कारण गोरखाको आरुघाटमा राजमार्ग पूर्ण रूपमा अरुद्ध छ।
सोतीमा रहेको फलामे पुल र गोरखा आरुघाटबाट दादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
त्यसैगरी आरुघाट ९ नयाँ पुलमा पनि बाढीको कारण गोरखा आरुघाटबाट दादिङ जोड्ने सडकमा साना गाडी एकतर्फी मात्रै सञ्चालन छन्।
सुर्खेतमा पनि पहिरोको कारण कर्णाली राजमार्गमा एकतर्फी मात्रै गाडी चलेका छन्। सडक अवरुद्ध हुँदा यात्रुले सास्ती पाएका छन्।
रसुवाको भोटेकोसी नदीमा गत भदौ १० गते आएको बाढीको कारण जिल्लाभर नै सडक अवरुद्ध छ।
प्रकाशित: १० कार्तिक २०८३ ८:०६ | Tuesday, October 27, 2026
प्रतिक्रिया



