तनहुँ : पृथ्वी राजमार्गमा पहिरो हटाएर यातायात सेवा सञ्चालन गरियो

हिमाल प्रेस १० असोज २०८३ ६:२२ | Saturday, September 26, 2026
तनहुँ : पृथ्वी राजमार्गमा पहिरो हटाएर यातायात सेवा सञ्चालन गरियो फाइल तस्बिर

तनहुँ- तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवास्थित पृथ्वी राजमार्गमा खसेको पहिरो हटाएर यातायात सेवा पुनः सञ्चालन गरिएको छ ।

अविरल वर्षाका कारण आज साँझ करिब हिलोसहितको लेदो खस्दा नम्बर नखुलेको एउटा मोटरसाइकल क्षति समेत भएको थियो ।

जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी निरीक्षक अमृत लामिछानेको नेतृत्वमा ट्राफिक प्रहरीसहित १५ जनाको टोली घटनास्थलमा खटिएर पहिरो हटाएपछि राजमार्गमा पुनः यातायात सेवा सुचारु भएको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

 

प्रकाशित: १० असोज २०८३ ६:२२ | Saturday, September 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast