किन अझै दुईतर्फी खुलेन पृथ्वी राजमार्गको घोप्टेभीरमा सडक?

हिमाल प्रेस २६ कार्तिक २०८३ ९:५५ | Thursday, November 12, 2026
4
SHARES
किन अझै दुईतर्फी खुलेन पृथ्वी राजमार्गको घोप्टेभीरमा सडक?

चितवन- पृथ्वी राजमार्गअन्तर्गत घोप्टेभिरमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ। इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा आइतबार, सोमबार र मंगलबार लगातार खसेको सुक्खा पहिरो पन्छाएर मङ्गलबार दिउँसो १ः४० बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइएको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल थापाका अनुसार चाडपर्वका कारण सवारीको चापले गर्दा दुईतर्फी यातायात सञ्चालनमा ल्याउन कठिन भएको हो।

उनले भने, ‘पहिरो ठूलो हुँदा र मजदुर बिदामा जाँदा सडक दुईतर्फी रुपमा सञ्चालनमा ल्याउन कठिन भएको हो।’ पहिरो पन्छाउने उकरणहरु तयारी अवस्थामा राखिएकाले सामान्य पहिरो खसेमा तत्काल सफा गर्ने गरी व्यवस्थापन गरिएको उनको भनाइ छ ।

मौसमको अनुकूलता, सवारी चाप र अन्य अवस्था हेरेर मात्र सडक दुईतर्फी सञ्चालनमा ल्याइने छ । यस सडक हुँदै सङ्घीय राजधानी काठमाडौँ भित्रने र बाहिरिने गाडी तथा यात्रुलाई विभिन्न समयमा खस्ने पहिरोले समस्या पार्ने गर्दछ । सडक एकतर्फी खुले पनि जोखिम कायमै रहेकाले सावधानीपूर्वक यात्रा गर्न प्रहरीको आग्रह छ ।

प्रकाशित: २६ कार्तिक २०८३ ९:५५ | Thursday, November 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast