रूपन्देहीमा देउसी भैलो कार्यक्रममा अश्लील नृत्य गरेको आरोपमा दुई महिला पक्राउ

हिमाल प्रेस २६ कार्तिक २०८३ ९:४९ | Thursday, November 12, 2026
4
SHARES
रूपन्देहीमा देउसी भैलो कार्यक्रममा अश्लील नृत्य गरेको आरोपमा दुई महिला पक्राउ

काठमाडौँ- रूपन्देहीमा देउसी भैलो कार्यक्रममा  अश्लील नृत्य गरेको आरोपमा दुई जना पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले कात्तिक २६ गते राति करिब १२ः५ बजे उनीहरूलाई नियन्त्रणमा लिई सार्वजनिक हित र नैतिकता विरुद्धको कसूरमा थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरीका सूचना अधिकारी चन्द्रकिशोर शाहले जनाए ।

पक्राउ पर्नेमा जिल्ला रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७ की ३० वर्षीया चाहना थापा र सर्लाही, हरिवन नगरपालिका–३ की २१ वर्षीया प्राप्ती बस्नेत छन्। प्रहरीले परम्परागत देउसी भैलो कार्यक्रममा अमर्यादित तथा अश्लील गतिविधि गर्नेलाई प्रचलित कानुन बमोजिम कडा कारवाही हुने चेतावनी समेत दिएको छ।

प्रकाशित: २६ कार्तिक २०८३ ९:४९ | Thursday, November 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast