शारीरिक सुगठनमा गण्डकीलाई चार स्वर्ण

हिमाल प्रेस १२ मंसिर २०८३ १९:०४ | Saturday, November 28, 2026
12
SHARES
शारीरिक सुगठनमा गण्डकीलाई चार स्वर्ण

सुर्खेत- दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत रुकुमपश्चिमको चौरजहारीमा भएको शारीरिक सुगठनमा चार स्वर्णसहित गण्डकी प्रदेश प्रथम भएको छ।

प्रशिक्षक राजेन्द्ररत्न तुलाधरका अनुसार गण्डकीले चार स्वर्ण, एक रजत र तीन कास्य गरी कुल आठ पदक प्राप्त गरेको छ।

त्यस्तै तीन स्वर्ण, दुई रजत र चार कास्यसहित नेपाली आर्मी दोस्रो, तीन स्वर्ण, पाँच रजत र दुई कास्य पदक हातपार्दै बागमती प्रदेश तेस्रो भएको छ। तीन स्वर्ण, एक रजत गरी एपीएफले चौथो, दुई स्वर्ण ६ रजत र ३ कास्य गरी कुल ११ पदकसहित लुम्बिनी प्रदेश पाँचौँ, दुई स्वर्ण, एक रजत र दुई कास्यसहित नेपाल पुलिस छैटौं भएको छ।

त्यस्तै एक स्वर्ण, एक रजत र एक कास्यसहित कोशी प्रदेश सातौँ हुँदा एक रजत, एक कास्य गरी सुदुरपश्चिम आठौँ र दुई कास्यसहित मधेश प्रदेशले नवौँ स्थानमा चित्त बुझाउँदा कर्णाली प्रदेश भने पदकविहीन बनेको छ।

प्रकाशित: १२ मंसिर २०८३ १९:०४ | Saturday, November 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast