तनावग्रस्त बन्दै सुनसरी, पाँच पालिकामा निषेधाज्ञा

हिमाल प्रेस २३ चैत २०८० १६:०४
18
SHARES
तनावग्रस्त बन्दै सुनसरी, पाँच पालिकामा निषेधाज्ञा

इटहरी – जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका थप तीन ठाउँमा निषेधादेश जारी गरेको छ। हिन्दू र मुस्लिम समुदायबीच निरन्तर झडप भइरहेपछि प्रशासनले कडाइ गरेको हो। तनावको अवस्था उत्पन्न भएपछि सुनसरीको हरिनगर गाउँपालिकाका सबै वडा र देवानगञ्ज गाउँपालिका वडा नं. १ र ७ मा यसअघि नै अनिश्चितकालीन निषेधादेश जारी गरिएको थियो। प्रशासनले अहिले इनरुवा नगरपालिका क्षेत्र, हरिनगर गाउँपालिका क्षेत्र, भोक्राहा नगरसिंह गाउँपालिका क्षेत्र र कोशी गाउँपालिका क्षेत्रमा निषेधादेश जारी गरेको हो।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम शुक्रबार मध्यान्ह १२ बजेदेखि अर्को सूचना जारी नभएसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरेर निस्कनेबाहेक सामूहिक रुपमा सामाजिक, धार्मिक, राजनैतिक सभा,र्‍याली/ भेला र प्रदर्शन गर्न निषेध गरिएको जनाएका छन्। आदेशविपरीत गरेको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारबाही गरिने प्रशासनले जनाएको छ।

यसअघि दुई समूहबीचको झडपले उग्ररुप लिएपछि प्रहरीले ६ सेल अश्रुग्यास प्रहार गरेको थियो। आन्दोलनरत पक्षले सुरक्षामा खटिएका प्रहरीमाथि आक्रमण गरेपछि झडप भएको थियो। हरिनगरा १ र २ रामनगर भुटाहामा दुई पक्षबीच झडप भएको हो। मुस्लिम समुदायको ज्यादती भन्दै स्थानीय हिन्दू समुदायका स्थानीयले न्यायको माग गर्दै प्रदर्शनसमेत गरेका थिए।

यो पनि

सुनसरीमा दुई समूहबीच झडप : ६ सेल अश्रुग्यास प्रहार, दुई घाइते

हिन्दू र मुस्लिम समुदायबीच विवादले सुनसरीका दुई गाउँपालिकामा निषेधादेश

प्रकाशित: २३ चैत २०८० १६:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =