सुनसरीमा दुई समूहबीच झडप : ६ सेल अश्रुग्यास प्रहार, दुई घाइते

हिमाल प्रेस २३ चैत २०८० १४:४६
356
SHARES
सुनसरीमा दुई समूहबीच झडप : ६ सेल अश्रुग्यास प्रहार, दुई घाइते

इटहरी- सुनसरीमा दुई समूहबीच झडप हुँदा प्रहरीले ६ सेल अश्रुग्यास प्रहार गरेको छ। जिल्लाको हरिनगरा गाउँपालिकामा भएको एक युवामाथिको सामूहिक आक्रमणको घटनाले उग्ररुप लिदाँ दुई जना युवा घाइतेसमेत भएका छन्।

अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले ६ सेल अश्रुग्यास प्रहार गरेको छ। आन्दोलनरत पक्षले सुरक्षामा खटिएका प्रहरीमाथि आक्रमण गरेपछि झडप भएको थियो। हरिनगरा १ र २ रामनगर भुटाहामा दुई पक्षबीच झडप भएको हो। मुस्लिम समुदायको ज्यादती भन्दै स्थानीय हिन्दू समुदायका स्थानीयले न्यायको माग गर्दै प्रदर्शनसमेत गरेका थिए। प्रशासनले त्यस क्षेत्रमा निषेधाज्ञासमेत गरेको छ।

हिन्दू र मुस्लिम समुदायबीच विवादले सुनसरीका दुई गाउँपालिकामा निषेधादेश

प्रकाशित: २३ चैत २०८० १४:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 5 =