विश्वकप : ४०२ रनको लक्ष्य पछ्याएको पाकिस्तान २१ रनले विजयी

हिमाल प्रेस १८ कार्तिक २०८० १९:५५
20
SHARES
विश्वकप : ४०२ रनको लक्ष्य पछ्याएको पाकिस्तान २१ रनले विजयी

काठमाडौँ- आईसीसी विश्वकप २०२३ मा ४०२ रनको लक्ष्य पछ्याएको पाकिस्तान डीएलएस मेथडअनुसार न्युजिल्यान्डसँग २१ रनले विजयी भएको छ। वर्षाले प्रभावित खेलमा २५.३ ओभरमा २०० रन बनाउँदै पाकिस्तान विजयी भएको हो। यसअघि २१.३ ओभरमा वर्षाले खेल रोकिएपछि पाकिस्तानले डीएलएस मेथडअनुसार ४१ ओभरमा ३४२ रनको लक्ष्य पाएको थियो।

त्यसपछि २५.३ ओभर पुग्दा खेल फेरि वर्षाले रोकिन पुगेको थियो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ६ विकेटको क्षतिमा ४०१ बनाएको थियो। विश्वकप क्रिकेटमा अर्को खेलमा अस्ट्रेलिया र इंग्ल्याण्डबीच खेल भइरहेकाे छ।

वर्षाले प्रभावित न्युजिल्यान्डसँगको खेलमा पाकिस्तानलाई ३४२ रनको लक्ष्य

विश्वकप क्रिकेट : ४०२ रनको लक्ष्य पछ्याएको पाकिस्तान बलियो

विश्वकप क्रिकेट : महत्त्वपूर्ण खेलमा पाकिस्तानलाई ४०२ रनको लक्ष्य

प्रकाशित: १८ कार्तिक २०८० १९:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + fifteen =