अस्ट्रेलियालाई छैटौँ पटक विश्वकप उपाधि

हिमाल प्रेस ३ मंसिर २०८० २१:४७
40
SHARES
अस्ट्रेलियालाई छैटौँ पटक विश्वकप उपाधि आईसीसी विश्वकप उपाधिका साथ अस्ट्रेलियाको क्रिकेट टिम। तस्बिर : रोयटर्स

काठमाडौँ- अस्ट्रेलियाले घरेलु मैदानमा भारतलाई हराउँदै छैटौँ पटक आईसीसी विश्वकप क्रिकेटको उपाधि जितेको छ। भारतको अहमदाबादमा आइतबार भएको फाइनलमा टस जितेर पहिले फिल्डिङ रोजेको अस्ट्रेलियाले भारतलाई ६ विकेटले पराजित गरेको हो।

ओपनर ट्रविस हेडको सानदार शतकको सहयोग अस्ट्रेलियाको जितका लागि उल्लेख्य रहेको थियो। जितका लागि पाएको २ सय ४१ रनको लक्ष्य अस्ट्रेलियाले ४२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो।

ओपनर ट्रविस हेडले १ सय २० बलमा १५ चौका र ४ छक्कासहित १ सय ३७ रनको शतकीय इनिङ खेलेका थिए। मार्नस लाबुसेन ११० बलमा ४ चौकासहित ५८ रनमा अविजित रहेका थिए।

निराश बनेका भारतीय खेलाडी। तस्बिर : एपी

त्यसअघि  टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत निर्धारित ५० ओभरमा २ सय ४० रनमा अल आउट भएको थियो। भारतका लागि लोकेश राहुलले १ सय ७ बलमा १ चौकासहित सर्वाधिक ६६ रन बनाएका थिए। यसैगरी विराट कोहलीले ६३ बलमा ४ चौकासहित ५३ रन बनाएका थिए भने कप्तान रोहित शर्माले ३१ बलमा ४ चौका र ३ छक्कासहित ४७ रन बनाए।

अस्ट्रेलियाले यसअघि सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकप उपाधि जितेको थियो। भारतले सन् २०११ पछि उपाधि जित्ने सपना अधुरै रहेको छ।

प्रकाशित: ३ मंसिर २०८० २१:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 13 =