टी-२० विश्वकपमा आतकंवादी हमलाको खतरा

हिमाल प्रेस २४ वैशाख २०८१ १६:१४
38
SHARES
टी-२० विश्वकपमा आतकंवादी हमलाको खतरा

काठमाडौँ- अमेरिका र वेस्टइन्डिजमा संयुक्त रुपमा हुने आईसीसी ट्वान्टी २० विश्वकप क्रिकेटमा आतकंवादी हमलाको खतरा रहेको बताइएको छ। ट्रिनिडाडका प्रधानमन्त्री डा.की रोलीले यसको खुलासा गरेका हुन्।

ट्रिनिडाड डेलीसँग कुरा गर्दै प्रधानमन्त्री रोलीले भने, ‘२१ औं शताब्दीमा पनि विभिन्न रूपमा आतकंवादको खतरा कायम रहनु दुर्भाग्यपूर्ण छ। ट्वान्टी २० विश्वकपमा पनि आतकंवादी हमलाको चेतावनी आएको छ।’ तर उनले त्यस्तो चेतावनी कसले दियो भन्नेबारे खुलाएनन्।

आयाेजक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पनि आतकंवादी हमलाको सम्भावना रहेको बताएको छ। आईसीसीले त्यस्ता कुनै पनि खतरा सामना गर्नका लागि पूर्ण सुरक्षा योजना रहेको जनाएको छ।

‘सबैको सुरक्षा प्राथमिकतामा रहेकाले हामीसँग यसका लागि पूर्ण योजना छ। हामी आयोजक मुलुक र स्थानीय प्रशासनसँग निकट रहेर काम गर्दैछौं र हाम्रो नजर कुनै पनि जोखिम हटाउनेतर्फ केन्द्रित हुनेछ,’ आईसीसीले भनेको छ।

जुलाई २ देखि सुरु हुने ट्वान्टी २० विश्वकपमा नेपालसहित कुल २० टोली सहभागी हुँदैछन्। प्रतियोगिता वेस्ट इन्डिजका ६ र अमेरिकाका तीन सहरमा हुनेछ। स्रोतलाई उद्धृत गर्दै क्रिकइन्फोले जनाए अनुसार वेस्ट इन्डिजमा हुने खेलमा सुरक्षा खतरा आकलन गरिएको छ।

प्रकाशित: २४ वैशाख २०८१ १६:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =