विश्वकप क्रिकेट : लिग चरणको अन्तिम खेल आइतबार

हिमाल प्रेस २५ कार्तिक २०८० २०:४४
16
SHARES
विश्वकप क्रिकेट : लिग चरणको अन्तिम खेल आइतबार

काठमाडौँ- आईसीसी विश्कवकप क्रिकेट २०२३ मा लिग चरणको अन्तिम खेल आइतबार हुने भएको छ। लिग चरणको अन्तिम खेल आइतबार बेंगलुरुमा भारत र नेदरल्याण्ड्सबीच हुने भएको हो।

भारत लिग चरणका ८ ओटा खेलमध्ये सबै जित्दै प्रतियोगितामा अंक तालिकाको शीर्ष स्थानमा छ। विश्वकप प्रतियोगितामा सहभागी १० टिममध्ये एकमात्रै एसोसिएट टिम नेदरल्याण्ड्स अंक तालिकाको पुछारमा छ।

दुवै टिमले लिग चरणको अन्तिम तथा आ-आफ्नो अन्तिम खेल खेलिरहेका छन्। भारत शीर्ष स्थानमा रहँदै प्रतियोगिताको सेमिफाइनलमा पुग्ने पहिलो टिम पनि हो। पहिलो सेमिफाइनलमा भारतले न्युजिल्याण्डसँग आउँदो बुधबार खेल्नेछ।

त्यस्तै अर्को सेमिफाइनलमा बिहीबार अस्ट्रेलिया र साउथ अफ्रिकाले खेल्नेछन्। सेमिफाइनलमा जित्ने दुवै टोलीले नोभेम्बर १९ मा फाइनल खेल्ने छन्।

प्रकाशित: २५ कार्तिक २०८० २०:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 10 =