विश्वकप क्रिकेट : महत्त्वपूर्ण खेलमा पाकिस्तानलाई ४०२ रनको लक्ष्य

हिमाल प्रेस १८ कार्तिक २०८० १५:०९
6
SHARES
विश्वकप क्रिकेट : महत्त्वपूर्ण खेलमा पाकिस्तानलाई ४०२ रनको लक्ष्य

काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट २०२३ अन्तर्गत न्युजिल्याण्डसँग पाकिस्तानले ४०२ रनको विशाल लक्ष्य पाएको छ। भारतको बेंगलुरुमा भइरहेको खेलमा टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको पाकिस्ताले उक्त लक्ष्य पाएको हो। टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ४०१ रन बनाएको हो।

उसका लागि रचिन रवीन्द्रले १०८ तथा कप्तान केन विलिम्सनले ९५ रनको योदागन दिए। ओपनर डेभोन कन्भि ३५ रन तथा डिरेल मिचेलले न्युजिल्याण्डका लागि २९ रनको योगदान दिए।

त्यस्तै मार्क च्याम्पन ३९ तथा ग्लेन फिलिप्स ४१ रनको योगदान दिए। त्यस्तै मिचेल लाथमले २६ रनको योगदान दिए। जारी प्रतियोगितामा न्युजिल्याण्ड चौथो तथा पाकिस्तान छैटौँ स्थानमा रहेको छ।

सेमिफाइनल पुग्नका लागि न्युजिल्याण्डसँगको खेल महत्त्वपूर्ण भए पनि पाकिस्तानी बलरले न्युजिल्याण्डका ब्याटरलाई ‘कन्ट्रोल’ गर्न सकेनन्। तीव्र गतिका बलरसहति मैदान उत्रेको पाकिस्तानका लागि २६ अतिरिक्त रन खर्च भए।

विश्वकपकै अर्को खेलमा अस्ट्रेलिया र इंग्ल्याण्ड खेलिरहेका छन्। इंग्ल्याण्डले टस जितेर फिल्डिङ गरिरहेको छ। जारी प्रतियोगितामा अस्ट्रेलिया तेस्रो तथा इंग्ल्याण्ड पुछारमा रहेको छ।

विश्वकप क्रिकेट : पाकिस्तानसँग टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्ड विशाल स्कोरतर्फ

प्रकाशित: १८ कार्तिक २०८० १५:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 2 =