काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि विभिन्न कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ ।
समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार आज ठूलो गोलभेँडा प्रतिकिलो अधिकतम ७० रुपैयाँ, सानो गोलभेँडा ४५ रुपैयाँ, रातो आलु ६० रुपैयाँ र सेतो आलु ३२ रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, सुकेको भारतीय प्याज प्रतिकिलो ९२ रुपैयाँ, स्थानीय गाजर ९० रुपैयाँ, तराईको गाजर ६० रुपैयाँ, स्थानीय बन्दा ३० रुपैयाँ र स्थानीय काउली ३० रुपैयाँ अधिकतम थोक मूल्य निर्धारण गरिएको छ। तराईको काउली प्रतिकिलो २५ रुपैयाँ, रातो मूला ३० रुपैयाँ र लाम्चो भन्टा ३५ रुपैयाँ रहेको छ ।
बोडी प्रतिकिलो ९० रुपैयाँ, मटरकोशा १३० रुपैयाँ, घिउ सिमी ७० रुपैयाँ, राजमा सिमी १४० रुपैयाँ, तितो करेला १०० रुपैयाँ, भिण्डी ८० रुपैयाँ र लौका ५० रुपैयाँ अधिकतम मूल्य कायम गरिएको छ ।
रायोको साग प्रतिकिलो १०० रुपैयाँ, पालुङ्गो १२० रुपैयाँ, चमसुरको साग १५० रुपैयाँ, मेथीको साग १५० रुपैयाँ र हरियो प्याज २०० रुपैयाँ रहेको छ ।
फुजी स्याउ प्रतिकिलो ३५० रुपैयाँ, जुम्लाको स्याउ ३०० रुपैयाँ र मुस्ताङको स्याउ २५० रुपैयाँ अधिकतम थोक मूल्य तोकिएको छ । नेपाली सुन्तला प्रतिकिलो ८० रुपैयाँ र भारतीय सुन्तला १०० रुपैयाँ रहेको छ।
नेपाली केरा प्रतिदर्जन १५० रुपैयाँ, कागती प्रतिकिलो २५० रुपैयाँ, अनार ३५० रुपैयाँ, मौसम २०० रुपैयाँ, जुनार २०० रुपैयाँ र किवी ३०० रुपैयाँ अधिकतम मूल्यमा कारोबार भइरहेको समितिको मूल्यसूचीमा उल्लेख छ।
मसला तथा अन्य कृषि उपजतर्फ अदुवा प्रतिकिलो १०० रुपैयाँ, हरियो खुर्सानी १०० देखि २०० रुपैयाँ, सुकेको खुर्सानी ५६० रुपैयाँ, नेपाली सुकेको लसुन २६० रुपैयाँ र हरियो धनियाँ १५० रुपैयाँ अधिकतम थोक मूल्य निर्धारण गरिएको छ।



