काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ।
कालिमाटीमा आज ठूलो नेपाली र ठूलो भारतीय गोलभेँडाको मूल्य समान ६५ रुपैयाँ छ। त्यसैगरी सानो लोकल गोलभेँडा ३५, रातो आलु लाम्चो ५७, भारतीय सुकेको प्याज ८२, लोकल गाँजर ११०, लोकल बन्दा ४९, स्थानीय काउली ९९, हाइब्रिड मुला ५४, लाम्चो भन्टा ५१, डल्ले भन्टा ६५ रुपैयाँ प्रतिकिलो छ।
तने बोडी १३०, मकै बोडी ११०, करेला ११०, लौका ९५, लोकल परबल ८५, घिरौँला ९५, हरियो डल्ले फर्सी ४५, पाकेको फर्सी ६५, भिन्डी ८५, स्कुस २५, रायो र पालुंगोको साग १३५, कन्य च्याउ २२१, डल्ले च्याउ ४२५, कुरिलो ७५०, न्यूरो ९५, ब्रोकाउली २२५ रुपैयाँ प्रतिकिलो छ।

प्रकाशित: २४ असोज २०८३ ९:०९ | Saturday, October 10, 2026
प्रतिक्रिया



