काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ।
कालिमाटीमा आज ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ६५, ठूलो भारतीय गोलभेँडाको ७५, सानो लोकल गोलभेँडा ३५, रातो आलु लाम्चो ५७, भारतीय सुकेको प्याज ८३, लोकल गाँजर १२२, लोकल बन्दा ४८, स्थानीय काउली ९८, हाइब्रिड मुला ५२, लाम्चो भन्टा ४५, डल्ले भन्टा ६५ रुपैयाँ प्रतिकिलो छ।
तने बोडी १२५, मकै बोडी ११३, करेला ११०, लौका ९५, लोकल परबल ७५, घिरौँला ९५, हरियो डल्ले फर्सी ४५, पाकेको फर्सी ६५, भिन्डी ८५, स्कुस २५, रायो र पालुंगोको साग १७५, कन्य च्याउ २१८, डल्ले च्याउ ४२५, कुरिलो ७५० रुपैयाँ प्रतिकिलो छ।

प्रकाशित: २१ असोज २०८३ १०:०६ | Wednesday, October 7, 2026
प्रतिक्रिया



