विश्वकप क्रिकेट : पाकिस्तानसँग टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्ड विशाल स्कोरतर्फ

हिमाल प्रेस १८ कार्तिक २०८० १४:२७
16
SHARES
विश्वकप क्रिकेट : पाकिस्तानसँग टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्ड विशाल स्कोरतर्फ

काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट २०२३ अन्तर्गत पाकिस्तानसँग टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्ड विशाल स्कोरतर्फ अघि बढेको छ। बेंगलुरुमा भइरहेको विश्वकपको ३५औँ खेलमा न्युजिल्यान्डले राम्रो प्रदर्शन गरेको छ। न्युजिल्यान्डले ४४ ओभरको समाप्तिमा ४ विकेट गुमाएर ३४३ रन बनाएको छ।

उसका लागि रचिन रवीन्द्रले १०८ तथा कप्तान केन विलिम्सनले ९५ रनको योगदान दिए। ओपनर डेभोन कन्भि ३५ रन तथा डिरेल मिचेलले न्युजिल्यान लागि २९ रनको योगदान दिए।

अहिले मार्क च्याम्पन ३९ तथा ग्लेन फिलिप्स १४ रन बनाएर खेलिरहेका छन्।

प्रकाशित: १८ कार्तिक २०८० १४:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eleven =