एसियाली खेलकुद : पाकिस्तानलाई हराएर भारतले जित्यो स्वर्ण पदक

हिमाल प्रेस १७ असोज २०८३ १६:०३ | Saturday, October 3, 2026
एसियाली खेलकुद : पाकिस्तानलाई हराएर भारतले जित्यो स्वर्ण पदक तस्बिर: एपी

काठमाडौँ- २० औँ एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेटको फाइनल खेलमा भारतले पाकिस्तानलाई १९ रनले पराजित गरेको छ।

यो जितसँगै भारतीय टोलीले स्वर्ण पदक हात पारेको छ। यसअघि महिलातर्फको क्रिकेट प्रतियोगितामा पनि भारतले स्वर्णपदक जितेको थियो।

शनिबार जापानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको भारतीय टोलीले २० ओभरमा ६ विकेट गुमाएर २११ रन बनायो।

भारतका लागि अभिषेक शर्माले २८ बलमा ६१ रनको इनिङ खेले। त्यस्तै तिलक वर्माले २२ बलमा नटआउट रहँदै ५१ रन बनाए। त्यस्तै शिवम दुबेले १५ बलमा २७ र वैवभ सूर्यवंशीले ९ बलमा १५ रन जोडे।

पाकिस्तानका लागि अहमद दनियाल र अरफत मिनहासले २-२ तथा सलिम अयुब र अबरार अहमदले १-१ विकेट निकाले।

२१२ रनको लक्ष्य पछ्याएको पाकिस्तानको टोली २० ओभरमा ६ विकेटको क्षतिमा १९२ रनमा समेटियो।

पाकिस्तानका तर्फबाट हसन नवाजले सर्वाधिक ९६ रन बनाए। उनले ५१ बलको सामना गरेका थिए।

भारतका लागि अक्षर पटेल र वासिङ्टन सुन्दरले २-२ विकेट लिए।

प्रकाशित: १७ असोज २०८३ १६:०३ | Saturday, October 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast