पोखरामा साइकल दौड प्रतियोगिता, उषा र प्रकाश च्याम्पियन

हिमाल प्रेस ५ जेठ २०८१ १८:५६
4
SHARES
पोखरामा साइकल दौड प्रतियोगिता, उषा र प्रकाश च्याम्पियन

पोखरा- पोखरा महानगरपालिका खेलकुद विकास समितिले आज आयोजना गरेको तेस्रो पोखरा साइकल दौड प्रतियोगितामा उषा खनाल र प्रकाश थापा मगर च्याम्पियन भएका छन्। दुवैले ५० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे।

महिलातर्फ उषाले निर्धारित २० किमी दूरी १ घण्टा ३९ मिनेट १० सेकेन्डमा पार गरिन्। पुरुषतर्फ च्याम्पियन बनेका प्रकाशले निर्धारित २८ किमी दूरी पार गर्न १ घण्टा ३७ मिनेट १३ सेकेन्ड लगाए। पुरुषतर्फकै सुरज रानामगर द्वितीय र हिमाल टमाटा तृतीय भए। अच्युतकृष्ण खरेल चौथो र लक्ष्मण मल्ल पाँचौ भएको समिति अध्यक्ष दीपकबहादुर गोदारले बताए।

महिला तथा पुरुषतर्फ द्वितीय, तृतीय, चौथो र पाँचौलाई क्रमशः ३०, २०, १० र ५ हजार साथमा मेडल र प्रमाणपत्र पुरस्कार दिइएको समितिका सदस्य सचिव सुवास खड्काले बताए।

यसैगरी पुरुषतर्फ अनिल विक र महिलातर्फ सोफिया विक ‘पोखरा च्याम्पियन’ बन्दै जनही १० हजार पाए। सोफियाले महिलातर्फ चौथो भएकोमा १० हजार र पोखरा च्याम्पियन बनेकोमा थप १० हजार गरी कुल २० हजार हात पारिन्।

पोखरा वडा १७ र कास्की जिल्ला साइक्लिङ संघको सहआयोजना र नेपाल साइक्लिङ संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा पुरुष, महिला र रन फर फन विधामा गरेर १ सय जनाभन्दा बढी धावक दौडिएका थिए।

रन फर फन विधामा सहभागी खेलाडीले प्रमाणपत्र पाए। पोखरा १७, पावरहाउसबाट सुरु दौड महतगौँडा–दोबिल्ला झोलुंगे पुल हुँदै पोखरा–२१ फेदीपाटन–खर्स्याङ–निर्मलपोखरी–फेदीपाटन–दम्सादी हुँदै पावरहाउस पुगेको थियो।

प्रकाशित: ५ जेठ २०८१ १८:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =