पोखरा बस दुर्घटना : १९ घाइते, चालक प्रहरी नियन्त्रणमा

हिमाल प्रेस १६ वैशाख २०८१ ६:०३
34
SHARES
पोखरा बस दुर्घटना : १९ घाइते, चालक प्रहरी नियन्त्रणमा

कास्की- बागलुङबाट पोखरा आउँदै गरेको बस शनिबार साँझ पोखरा महानगरपालिका-२५ हेम्जाको भोटे क्याम्पमा दुर्घटना भएको छ।

ग१ख ९२९७ नम्बरको बस मध्यपहाडी राजमार्गमा सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा १९ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माले जानकारी दिए। बसमा ३६ जना यात्रु सवार रहेको प्रहरीको भनाइ छ।

घाइतेलाई पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। शर्माले भने,‘घाइतेलाई उद्धार गरी पोखराका विभिन्न अस्पतालमा पुर्‍याइएको छ। चालकलाई नियन्त्रणमा लिएका छौँ।’

तनहुँबाट रिजर्भका लागि बागलुङ गएको बस पोखरा हुँदै तनहुँ फर्किने क्रममा साँझ ७:३० बजेतिर दुर्घटनामा परेको थियो।

प्रकाशित: १६ वैशाख २०८१ ६:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =