डीआईजीद्वय जोशी र ढकाल एआईजीमा बढुवा

हिमाल प्रेस २७ वैशाख २०८१ १८:४१
1.1k
SHARES
डीआईजीद्वय जोशी र ढकाल एआईजीमा बढुवा डीआईजीद्वय जोशी र ढकाल।

काठमाडौँ- नेपाल प्रहरीका दुई डीआईजी एआईजीमा बढुवा भएका छन्। आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीद्वय उमेशराज जोशी र भीमप्रसाद ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। गृहमन्त्रालयको प्रस्तावमा उनीहरूको बढुवा निर्णय भएको सरकारकी प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

जोशी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत थिए भने ढकाल प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थिए।

डीआईजी बढुवा : सिनियरलाई पन्छाएर जुनियर एसएसपीद्वय कार्की र केसी अघि सार्दै गृहमन्त्री लामिछाने

प्रकाशित: २७ वैशाख २०८१ १८:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − three =