शिक्षा ऐनका लागि जतिसुकै ठूलो आन्दोलन गर्न पनि महासंघ तयार छ : अध्यक्ष सुवेदी

हिमाल प्रेस २८ वैशाख २०८१ ८:०८
1.3k
SHARES
शिक्षा ऐनका लागि जतिसुकै ठूलो आन्दोलन गर्न पनि महासंघ तयार छ : अध्यक्ष सुवेदी

काठमाडौँ- नेपाल शिक्षक महासंघका नवनिर्वाचित अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आफ्नै कार्यकालमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधयक–२०८० लाई ऐनको रूपमा जारी गराउने बताएका छन्।

काठमाडौँमा शुक्रबार महासंघको निर्वाचित पदाधिकारी परिचय तथा घोषणासभामा अध्यक्ष सुवेदीले शिक्षा ऐन ल्याउन महासंघ जतिसुकै ठूलो आन्दोलन गर्न पनि तयार रहेको बताए। उनले भने, ‘यही कार्यकालमा शिक्षा ऐन–२०८० जारी गराउनेछौँ। त्यसका लागि हामी जतिसुकै ठूलो आन्दोलन गर्न पनि पछि पर्ने छैनौं।’

अध्यक्ष सुवेदीले शिक्षासम्बद्ध संघसंगठनका प्रतिनिधिबाट तत्काल कडा आन्दोलन घोषणा गर्न सुझाव आए पनि महासंघले परिस्थितिको मूल्याङ्कन गरेर उचित निर्णय लिने बताए। अध्यक्ष सुवेदीले कार्यक्रममा भने,‘साथीहरूले भन्नुभयो आजैबाट कडा आन्दोलन घोषणा गर्नुपर्छ। आन्दोलन लिएरअगाडि बढ्नुपर्छ भन्ने साथीहरूको राय आयो। त्यो रायलाई म सम्मान गर्छु। राष्ट्रिय समितिको पूर्ण बैठक बोलाउँछौं। त्यो बैठकले सम्पपूर्ण परिस्थितिको मूल्याङ्कन गरेर उचित निर्णय लिनेछ।’

अहिले शिक्षक–कर्मचारी विरोधी चिन्तनहरू उठिरहेको, शिक्षक–कर्मचारीकाबारेमा गलत भाष्य निर्माण भइरहेको बताउँदै सुवेदीले त्यस्ता गलत भाष्य र चिन्तनसँग महासंघले डटेर मुकाविला गर्नुपर्ने बताए।

त्यसैगरी शिक्षामन्त्री सुमना श्रेष्ठको अभिव्यक्ति लामो समयदेखि नियालेको बताउँदै सुवेदीले शिक्षामन्त्रीले संविधान, ऐन, नियम, कानुन र ट्रेड युनियन आन्दोलन मर्म नबुझिकन अभिव्यक्ति दिएको बताए। अध्यक्ष सुवेदीले संविधा, ऐन, कानुन राम्रोसँग पढ्न शिक्षामन्त्री श्रेष्ठलाई आग्रह गरे।

‘शिक्षामन्त्री सुमना श्रेष्ठको अभिव्यक्ति मैले लामो समयदेखि नियाली रहेको छु। उहाँका अभिव्यक्ति ट्रेड युनियन आन्दोलन नबुझेको जस्तो देखिन्छ। नेपालकै संविधान, ऐन, कानुन नपढेको जस्तो लागेको छ। महासंघको तर्फबाट संविधा, ऐन, कानुन राम्रोसँग पढ्न आग्रह गर्दछु,’ अध्यक्ष सुवेदीले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 4 =