सिन्धुपाल्चोकमा बस दुर्घटना अपडेट : दुई जनाकाे सनाखत

हिमाल प्रेस ७ वैशाख २०८१ ९:४४
24
SHARES
सिन्धुपाल्चोकमा बस दुर्घटना अपडेट : दुई जनाकाे सनाखत

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका-५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएका तीनमध्ये दुई जनाकाे सनाखत भएकाे छ।

दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस आज बिहान ७:२० बजे दुर्घटना भएको थियाे।

मृत्यु हुनेमा दोलखा भिमेश्वर नगरपालिका-१ का १७ वर्षीय शिव श्रेष्ठ, ७० वर्षीय मानबहादुर थामी रहेका छन्। मृतकमध्ये १८ वर्षीय अर्का पुरुषकाे भने सनाखत नभएकाे प्रहरीले जनाएकाे छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता निरञ्जन भट्टराईले बसमा सवार ५५ जनामध्ये तीन जनाकाे घटनास्थलमै मृत्यु भएकाे र चालकसहित ७ जना गम्भीर घाइते भएकाे जानकारी दिए।

गम्भीर घाइते ७ जनाकाे उपचारको लागि सिन्धु सदाबहार लामोसाँघु अस्पताल पठाइएको र सामान्य घाइते ४५ जनाकाे स्थानीय मेडिकलमा उपचार भइरहेकाे भट्टराईले जानकारी दिए।

गम्भीर घाइतेहरू 

दोलखाकी २१ वर्षीया स्वस्थानी तामाङ
दोलखाका २५ वर्षीय प्रकाश तामाङ
दोलखा भिमेश्वर नगरपालिका-१ का ४४ वर्षीय ज्ञानबहादुर तामाङ
दोलखाका ३४ वर्षीय दलबहादुर तामाङ
दोलखा कालिन्चोक गाउँपालिका-९ का २४ वर्षीय सिंहबहादुर लामा
दोलखा भिमेश्वर नगरपालिका-१ का १७ वर्षीय ईश्वर थामी
दोलखा सुन्दरावती गाउँपालि-९ का १९ वर्षीय लक्ष्मण थामी
अन्य घाइतेको सनाखत हुन बाँकी।

प्रकाशित: ७ वैशाख २०८१ ९:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 2 =