दार्चुला बस दुर्घटना अपडेट : १५ जना घाइते

हिमाल प्रेस ५ माघ २०८० १२:०४
28
SHARES
दार्चुला बस दुर्घटना अपडेट : १५ जना घाइते

दार्चुला- दार्चुला जिल्ला सदरमुकाम खलंगाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००१ ख १०३१ नम्बरको बस महाकाली नगरपालिका-५ स्थित डम्पिङ साइड नजिकै आज बिहान दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार घाइतेमध्ये एकजना गम्भीर, दुईजना मध्यम र अन्यको सामान्य अवस्था छ।

घाइतेको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ। बस सडकबाट करिब २० मिटर तल खसेको जनाइएको छ।

प्रकाशित: ५ माघ २०८० १२:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − three =