स्कुल बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन

हिमाल प्रेस २३ असोज २०८३ १३:४१ | Friday, October 9, 2026
10
SHARES
स्कुल बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन

पोखरा- पोखरा-२८ मा शुक्रबार स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरिएको छ।

पोखरा महानगरपालिकाले उक्त दुर्घटनाको छानबिन गरी सत्यतथ्य छानबिन गर्न वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो।

जसको सदस्यमा मेनकानिकाल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समितिका सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा र ट्राफिक प्रहरीका सहायक निरीक्षक अमृत भट्टराई छन्।

समितिले दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयहरूको विस्तृत अध्ययन तथा छानबिन गरी सत्यतथ्यसहित ५ दिनभित्र प्रतिवेदन पेस गर्नेछ।

विद्यालयका सवारीसाधनको सुरक्षा, विद्यार्थीको सुरक्षित आवागमन र आगामी दिनमा अपनाउनुपर्ने सावधानीका सम्बन्धमा आवश्यक सुझावसमेत प्रस्तुत गर्ने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिए।

शुक्रबार बिहान साढे ६ बजे कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेको बस दुर्घटनामा ४ विद्यार्थीसहित ५ जनाको ज्यान गएको छ। दुर्घटनामा १४ जना घाइते छन्।

प्रकाशित: २३ असोज २०८३ १३:४१ | Friday, October 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast