लेकसाइडस्थित होटल ल्याण्डमार्कको भान्सामा आगलागी

हिमाल प्रेस १३ मंसिर २०८३ ७:५८ | Sunday, November 29, 2026
लेकसाइडस्थित होटल ल्याण्डमार्कको भान्सामा आगलागी

काठमाडौँ- पोखराको लेकसाइडस्थित होटल ल्याण्डमार्कको भान्सामा आगलागी हुँदा करिब ३५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

पोखरा महानगरपालिका–६ लेकसाइडस्थित होटलको भान्सामा खाना पकाउने क्रममा चिम्नीमा आगलागी भएको हो ।

आगलागीको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब निरीक्षक लक्ष्मण रिजालको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा आगोलाई केही समयमा पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित: १३ मंसिर २०८३ ७:५८ | Sunday, November 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast