पोखरामा स्कुटर दुर्घटनामा २८ वर्षीय आशीषको मृत्यु

हिमाल प्रेस ११ कार्तिक २०८३ २१:०२ | Wednesday, October 28, 2026
6
SHARES
पोखरामा स्कुटर दुर्घटनामा २८ वर्षीय आशीषको मृत्यु मृतक सागर रेग्मी।

पोखरा– पोखराको न्युरोडमा गएराति स्कुटर दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–१, नौडाँडा घर भई हाल पोखरा लेकसाइड निवासी २८ वर्षीय आशीष कुँवरको मृत्यु भएको हो ।
चिप्लेढुंगाबाट सभागृहचोकतर्फ जाँदै गरेको ग १६ प ६६१९ नम्बरको स्कुटर अनियन्त्रित भई राति २ बजेर ५० मिनेटमा दुर्घटना भएको हो । स्कुटरको पछाडि सवार आशीष कुँवरको टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकोमा बिहान ५ बजेर ३० मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

उनी पर्यटन व्यवसायीसमेत हुन् । स्कुटर चालक स्याङ्जाको आँधिखोला–२, चिलाउनेबास घर भई हाल पोखरा न्यूरोड बस्ने ४३ वर्षीय भोजराज सापकोटा हुन् ।

दुर्घटनापछि प्रहरीले स्कुटर र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले बताए ।

प्रकाशित: ११ कार्तिक २०८३ २१:०२ | Wednesday, October 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast