पोखरामा स्कुल बस दुर्घटना : पाँच जनाको मृत्यु, १४ जना घाइते

हिमाल प्रेस २३ असोज २०८३ १०:१२ | Friday, October 9, 2026
16
SHARES
पोखरामा स्कुल बस दुर्घटना : पाँच जनाको मृत्यु, १४ जना घाइते

पोखरा- पोखरा महानगरपालिका-२८ कालिकामा आज बिहान भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन्।

कास्की जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार तीन जना बालिका, एक बालक र एक स्थानीयको मृत्यु भएको हो।

मृतकको सनाखत हुन बाँकी छ। हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ जनाको उपचार जारी छ। दुर्घटनाग्रस्त बसमा १७ जना बालबालिका र एक स्थानीय सवार थिए।

रासस

प्रकाशित: २३ असोज २०८३ १०:१२ | Friday, October 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast