उदयपुरमा बस दुर्घटना एक जनाको मृत्यु, १६ घाइते

हिमाल प्रेस २९ असोज २०८३ १९:०३ | Thursday, October 15, 2026
उदयपुरमा बस दुर्घटना एक जनाको मृत्यु, १६ घाइते

उदयपुर- उदयपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।

काठमाडौँबाट धरानतर्फ गइरहेको बस मदन भण्डारी लोकमार्गअन्तर्ग त्रियुगा नगरपालिका–७ सुर्खेमा दुर्घटना भएको हो।

दुर्घटनामा चौदण्डीगढी नगरपालिकाको बसाहाका १८ वर्षीय सोनु बस्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन चापागाईंले जानकारी दिए। उनका अनुसार बसमा सवार ३५ जनामध्ये १६ जना घाइते भएका छन्।

गम्भीर घाइते भएका बसका सहचालक धनबहादुर जोगीलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २९ असोज २०८३ १९:०३ | Thursday, October 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast