वेस्ट इन्डिजविरुद्ध शृंखला बराबरीको लक्ष्यमा नेपाल

हिमाल प्रेस २० वैशाख २०८१ ७:०८
4
SHARES
वेस्ट इन्डिजविरुद्ध शृंखला बराबरीको लक्ष्यमा नेपाल

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टी-२० शृंखलाको चौथो खेल आज खेल्दैछ। खेल टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्याह्न १२:१५ बजे सुरु हुनेछ।

नेपालले पहिलो खेल ४ विकेटले जितेपछि पाहुना टोलीले दोस्रो खेल १० रनले जित्दै शृंखला बराबर गरेको थियो।

बुधबार भएको तेस्रो खेलमा जोन्सन चार्ल्सको शतकमा वेस्ट इन्डिज ‘ए’ ले ७६ रनको जित हासिल गर्दै शृंखलामा २-१ को अग्रता लिएको छ । आजको खेलमा नेपाल शृंखला बराबर गर्न चाहन्छ।

विश्वकपका लागि अन्तिम टोली घोषणा गर्नुअघि सबैलाई अवसर दिने लक्ष्यसहित यो निर्णय लिइएको थियो। बुधबार साँझ टोली सार्वजनिक भएसँगै अब नेपालले आफ्नो मुख्य ११ खेलाउनेछ।

आज नेपालले ओपनरमा आशिफ शेख र कुशल भुर्तेललाई निरन्तरता दिने देखिन्छ। मध्यक्रममा रोहित पौडेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी र गुलशन झा रहनेछन्। बलिङमा करण केसी, सोमपाल कामी, अभिनाश बोहोरा र ललित राजवंशी खेल्ने सम्भावना छ।

प्रकाशित: २० वैशाख २०८१ ७:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =