भारत र पाकिस्तानसँग खेल्न उत्साहित छौँ : प्रशिक्षक देशाई

हिमाल प्रेस १९ वैशाख २०८० १७:४५
8
SHARES
भारत र पाकिस्तानसँग खेल्न उत्साहित छौँ : प्रशिक्षक देशाई

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईले नेपाली खेलाडीले गरेको प्रदर्शनले आफूलाई खुसी लागेको बताएका छन्। एसीसी प्रिमियर कपअन्तर्गत मंगलबार सम्पन्न नेपाल-यूएईबीचको फाइनलपछि प्रशिक्षक देशाईले नेपाली खेलाडीको प्रदर्शनले आफू सन्तुष्ट रहेको बताएका हुन्।

मंगलबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न फाइनल खेल जित्दै नेपाली टिमले आगामी सेप्टेम्बरमा हुने एसिया कप प्रतियोगिताका लागि स्थान बनाएको छ। प्रशिक्षक देशाईले एसिया कप नेपालका लागि नयाँ सुनिए पनि खेल्न उत्साहित रहेको बताए। ‘नेपालले भारत र पाकिस्तानसँग खेल्ने कुरा नयाँ सुनिए पनि सेप्टेम्बरमा आयोजना हुने प्रतियोगिता खेल्न उत्साहित छौँ,’ उनले भने।

त्यस्तै कप्तान रोहितकुमार पौडेलले बलिया राष्ट्रसँग खेल्ने मौकाको प्रतीक्षामा रहेको बताए। प्रशिक्षको योजनाअनुसार खेल्दा टोलीले राम्रो नतिजा निकाल्न सफल भएको कप्तान पौडेलले बताए।

फाइनलमा युएईविरुद्ध उत्कृष्ट ब्याटिङ गरेका गुल्शन झाले प्रशिक्षकको योजनाअनुसार खेल्दा राम्रो नतिजा आएको बताए।

प्रतियोगितामा उत्कृष्ट खेलाडी बनेका सन्दीप लामिछानेले नेपाली टोली यहाँसम्म आइपुग्न खेलाडीको अथक मिहिनेत र प्रशिक्षकको भूमिका महत्त्वपूर्ण रहेको बताए। नेपालमा सम्पन्न एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालसहित १० टिमको सहभागिता थियो।

भारतीय मूलका प्रशिक्षक देशाईको आगमनपछि नेपाली क्रिकेट टिमले राम्रो प्रदर्शन गर्दै आएको छ। यसअघि आईसीसी विश्वकप लिग-२ को पछिल्ला १२ मध्ये ११ खेल जितेको नेपाल विश्वकप छनोटमा पुगेको छ।

यूएईलाई छिचोल्दै नेपाल एसिया कपमा

प्रकाशित: १९ वैशाख २०८० १७:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 8 =