एसिया कप तयारीका लागि नेपाली टिमले श्रीलंकासँग अभ्यास खेल खेल्ने

हिमाल प्रेस ५ साउन २०८० ११:५५
4
SHARES
एसिया कप तयारीका लागि नेपाली टिमले श्रीलंकासँग अभ्यास खेल खेल्ने

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमले एसिया कपको तयारीका लागि श्रीलंकासँग अभ्यास खेल खेल्ने भएको छ।

 पहिलो पटक एसिया कप क्रिकेट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले एसीसी इमर्जिङ टिम्स एसिया कपपछि श्रीलंकामा विशेष तयारी गर्ने भएको हो।

क्यानले शुक्रबार सामाजिक सञ्चालमा सूचना जारी गर्दै एसिया कपका लागि श्रीलंकामा १५ दिनको स्पेशल हाई परफरमेन्स क्याम्प आयोजना गर्ने जनाएको हो।

यसअघि नेपाली टिमले इमर्जिङ कपमा तीन खेल खेलेको थियो।

समूह चरणबाटै बाहिरिएको नेपालले पाकिस्तानसँग चार विकेटको र भारतसँग ९ विकेटको हार बेहोरेको थियो। तर अन्तिम खेलमा नेपालले (संयुक्त अरब इमिरेट्स) यूएईको ए टिमलाई तीन विकेटले हराएको थियो। सो खेलपछि पनि नेपाली टिम त्यही रहने भएको हो। इमर्जिङ कपमा नेपालको नतिजा उल्लेखीय देखिएन।

भारत र पाकिस्तानसँग लज्जास्पद हार व्यहाेरेको नेपालले एसियन कपका लागि कडा तयारीमा लाग्नु पर्नेछ। इमर्जिङ कपमा अन्य नेपालका ‘ए’ टिम भिड्दा नेपालले राष्ट्रिय टिम नै उतारेको थियो। एसियन कपमा भने नेपालले भारत र पाकिस्तानकै सिनियर टिमसँगै सामना गर्नुपर्ने हुन्छ।

क्यानले सूचनामा लेखेको छ, ‘नेपाली राष्ट्रिय क्रिकेट टोली एसिया कपका लागि तयार छ, र उनीहरू उत्कृष्ट फर्ममा छन् भनी सुनिश्चित गर्न हामीले श्रीलंकामा १५ दिने विशेष उच्च प्रदर्शन शिविर आयोजना गर्दैछौं।’

नेपाली क्रिकेट टिमले श्रीलंकामा अभ्यासका दौरान चार अभ्यास खेल पनि खेल्ने भएको छ। क्यानले श्रीलंकन डेभलपमेन्ट टिमसँग अभ्यास खेल्न लागेको सूचनामा लेखिएको छ।

उक्त समयमा नेपाली खेलाडीले कडा प्रशिक्षण लिने र अनुभवी प्रशिक्षक र सहयोगी स्टाफको मार्गदर्शनमा अभ्यास गर्नेछ। हाइ फरफरमेन्स अभ्यास सकिएपछि नेपाली टिम स्वदेश फर्किने कार्यक्रम छ।

अब नेपालले श्रीलंका र पाकिस्तानमा हुने एसिया कप क्रिकेटमा भारत र पाकिस्तानसँग खेल्नेछ। आगामी अगष्ट ३० देखि सेप्टेम्बर १७ सम्म हुने खेलमा लागि नेपालले तयारी गरिरहेको हो।

नेपालले पाकिस्तानसँग पाकिस्तानको मुल्तानमा अगष्ट ३० मा खेल्नेछ भने भारतसँग श्रीलंकाको क्यान्डीमा सेप्टेम्बर ४ मा खेल्नेछ।

प्रकाशित: ५ साउन २०८० ११:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 2 =