वर्षाले प्रभावित न्युजिल्यान्डसँगको खेलमा पाकिस्तानलाई ३४२ रनको लक्ष्य

हिमाल प्रेस १८ कार्तिक २०८० १८:४५
22
SHARES
वर्षाले प्रभावित न्युजिल्यान्डसँगको खेलमा पाकिस्तानलाई ३४२ रनको लक्ष्य

काठमाडौँ- आईसीसी विश्वकप २०२३ मा न्युजिल्यान्ड र पाकिस्तानबीचको खेल छोट्याइएको छ। भारतको बेंगलुरुमा भइरहेको खेल वर्षाले प्रभावित भएपछि खेल ४१ ओभरमा छोट्याइएको हो।

डीएलएस मेथडअनुसार ४१ ओभरमा पाकिस्ताले ३४२ रनको लक्ष्य पाएको छ। यसअघि ४०२ रनको लक्ष्य पछ्याएको पाकिस्ताले २१.३ ओभर ब्याटिङ गर्दा खेल वर्षाका कारण रोकिएको थियो।

खेल रोकिँदा पाकिस्ताले १ विकेटको क्षतिमा १६० रन बनाउँदै गतिलो सुरुवात गरेको थियो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ६ विकेटको क्षतिमा ४०१ बनाएको थियो। पाकिस्तानका लागि फखर जमान शतक बनाएर खेलिरहेका छन्।

प्रकाशित: १८ कार्तिक २०८० १८:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =