विश्वकप क्रिकेट : ४०२ रनको लक्ष्य पछ्याएको पाकिस्तान बलियो

हिमाल प्रेस १८ कार्तिक २०८० १७:३२
16
SHARES
विश्वकप क्रिकेट : ४०२ रनको लक्ष्य पछ्याएको पाकिस्तान बलियो

काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट २०२३ अन्तर्गत न्युजिल्याण्डसँग ४०२ रनको लक्ष्य पाएको पाकिस्तानले सानदार सुरुवात गरेको छ। पाकिस्तानले २१.३ ओभरमा १६० रन बनाएर १ विकेट गुमाएको छ।

पाकिस्तानका ओपनर ब्याटर अब्दुलहु शफिक ४ रन बनाएर आउट भएपछि कप्तान बाबर आजम र फखर जमानले राम्रो ब्याटिङ गरिरहेका छन्। २१.३ ओभर हुँदा खेल वर्षाका कारण रोकिएको छ।

खेल रोकिएको अवस्थामा जमानले उत्कृष्ट ब्याटिङ गर्दै ६९ बलमा १०६ रन बनाएर खेलिरहेका छन्। उनले ९ छक्का र ७ चौकाको मद्दतमा उक्त स्कोर बनाएका हुन्। त्यस्तै कप्तान बाबर आजमले ५१ बलमा ४७ रन बनाएर फखरलाई राम्रो साथ दिइरहेका छन्।

निरन्तर वर्षा भयो र खेल अघि बढाउन नसक्ने अवस्थामा डीएलएस मेथडअनुसार पाकिस्तान बलियो देखिएको छ।

प्रकाशित: १८ कार्तिक २०८० १७:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 9 =