डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

हिमाल प्रेस २७ असार २०८० २१:४२
6
SHARES
डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सांकेतिक तस्बिर।

डोटी- डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ मौवामा सरकारी गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । तीन जना सामान्य घाइते भएका छन्।

बा १ झ ९४३४ नम्बरको सरकारी गाडी दुर्घटना हुँदा आदर्श १ स्याउले घर भएकी ६५ वर्षीय हीरा खड्काको मृत्यु भएको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए।

घटना बेलुकी ६ः३० बजे भएको हो। गाडी आदर्श गाउँपालिकाबाट सायल गाउँपालिकातर्फ जाँदै गर्दा अनियन्त्रित भई कच्ची सडकबाट तल खसेको प्रहरीले जानकारी दिएको छ। घाइते हुनेमा वीरबहादुर खड्का, रवीन्द्र सुनार र टेकबहादुर तिरुवा छन्।

घाइतेको अवस्था सामान्य रहेको बताइएको छ।

प्रकाशित: २७ असार २०८० २१:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 9 =