युरोपमा नेपाली फिल्म ‘गुराँस’को प्रशंसा

हिमाल प्रेस २२ असार २०८० १५:०९
10
SHARES
युरोपमा नेपाली फिल्म ‘गुराँस’को प्रशंसा

काठमाडौँ- युरोपको प्रतिष्ठित फिल्म महोत्सव ‘द कार्लाेभी भारी इन्टरनेसनल फिल्म फेस्टिभल’मा नेपाली फिल्म ‘गुराँस’को वर्ल्ड प्रिमियर भएको थियो। जसमा फिल्मले उपस्थित दर्शकबाट प्रशंसा पाएको छ।

प्रिमियरमा सहभागी हुन् फिल्मकी अभिनेत्री मेनुका प्रधान र निर्देशक सौरभ राई चेक रिपब्लिक पुगेका छन्। निर्देशक राईले फिल्म हेर्ने दर्शक हाउसफुल रहेको बताएका छन्।

‘दर्शक टन्नै थिए र फिल्म हेरेर कतिपयले भावुक भएको प्रतिक्रिया दिनुभयो,’ उनी भन्छन्, ‘यो हाम्रा लागि पहिलो दर्शक प्रतिक्रिया थियो। यसले हामीलाई सन्तुष्ट बनाएको छ।’

‘गुराँस’मा हराएको कुकुरको खोजीमा निस्किएकी १० वर्षीय बालिकाको कथा छ। फिल्मले दार्जिलिङको बदलिँदो आर्थिक र सामाजिक सम्बन्धको कथा प्रस्तुत गर्छ। नेपाल र भारतको संयुक्त प्रस्तुतिमा बनेको फिल्मको निर्देशनसँगै लेखन पनि राईकै हो। फिल्मको कथा आफ्नै भोगाइमा केन्द्रित भएको उनले बताएका छन्।

त्यस्तै फिल्मले दुई पुस्ताका चरित्रमार्फत छोरी र आमाबुबाको फरकफरक चिन्तालाई पनि उजागर गर्ने कोसिस गरेको राई बताउँछन्। तुलसी खवासले ‘गुराँस’को भूमिका निर्वाह गरेकी छन्। मेनुका गुराँसकी आमाको भूमिकामा छिन्। फिल्ममा खगेन्द्र लामिछानेको पनि अभिनय छ।

प्रकाशित: २२ असार २०८० १५:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =