दसैँमा ‘दिमाग खराब’ को सिक्वेल प्रदर्शन

हिमाल प्रेस १५ पुष २०८० १२:३३
30
SHARES
दसैँमा ‘दिमाग खराब’ को सिक्वेल प्रदर्शन

काठमाडौँ– निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’को सिक्वेल बन्ने भएको छ। प्रदर्शनको ५१ औं दिन मनाउँदै निर्माण टिमले २०८३ सालकाे दसैँमा फिल्मको सिक्वेल प्रदर्शनकाे घोषणा गरेका हुन्।

‘धेरैले सिक्वेल आउँछ कि आउँदैन भनेर सोध्नुभएको छ। यसको सिक्वेल आउँछ। २०८३ सालको दसैँमा सिक्वेल आउँछ’ कार्यक्रममा बाल्दै निर्देशक निश्चलले भने, ‘यसको सिक्वेलमा पनि हामीलाई लागेको र राष्ट्रको हितमा हुने विषय नै हुनेछ।’

गत कार्तिक २४ देखि प्रदर्शनरत फिल्मले शनिबार ५१ औं दिन मनाएको हो। उपत्यकाको न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा फिल्मको एक शो प्रदर्शन भइरहेको छ। फिल्मले हालसम्म १० करोड भन्दा बढी कमाइएको निर्माण टिमको दाबी छ।

सामाजिक र राजनीतिक कथावस्तुमा आधारित फिल्ममा निर्देशक निश्चलसहित खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलियालगायत कलाकारले अभिनय गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =