काठमाडौँ- ललितपुरका अधिकांश क्षेत्रमा शुक्रबार बिहान करिब दुई घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार पाटन सब स्टेसनको ६६ केभी बसबार मर्मतसम्भारका लागि बिहान ५ बजेदेखि ७ बजेसम्म पाटन सब स्टेसनबाट विद्युत् आपूर्ति बन्द गर्न लागिएको हो।
सट डाउनका कारण पाटन सब स्टेसनबाट विद्युत् आपूर्ति भइरहेका ललितपुरका अधिकांश क्षेत्रमा विद्युत् सेवा प्रभावित हुने प्राधिकरणले जनाएको छ। मर्मतसम्भार कार्य निर्धारित समयभन्दा अगाडि सम्पन्न भएमा विद्युत् आपूर्ति सोहीअनुसार नियमित गरिने छ।
प्रकाशित: २८ साउन २०८३ १३:१५ | Thursday, August 13, 2026
प्रतिक्रिया


