थवाङ पहिरोपीडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग प्रचण्डको माग

हिमाल प्रेस २८ साउन २०८३ १४:०४ | Thursday, August 13, 2026
10
SHARES
थवाङ पहिरोपीडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग प्रचण्डको माग

काठमाडौँ-  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुमको थवाङमा पहिरोमा परी मृत हुनेप्रति श्रद्धान्जली प्रकट गरेका छन्। आज विज्ञप्ति जारी गर्दै प्रचण्डले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन्। प्रचण्डले विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार, घाइतेहरूको उपचार तथा पीडित परिवारलाई राहत र उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग आग्रह गरे।

‘पूर्वी रुकुमलगायत मध्यपहाडी लोकमार्गका विभिन्न स्थानमा पहिरोका कारण सडक अवरुद्ध भई यात्रुहरू अलपत्र परेको र जनजीवन प्रभावित भएकोप्रति पनि सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछु,’उनले भने,‘विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार, घाइतेहरूको उपचार तथा पीडित परिवारलाई राहत र उचित क्षतिपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछु।’ थवाङ आज बिहान पहिरोमा परेर ३ जनाको मृत्यु भएको छ भने ९ जना वेपत्ता बनेका छन्।

प्रकाशित: २८ साउन २०८३ १४:०४ | Thursday, August 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast