नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’।फाइल तस्बिर
काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको चौतर्फी विकासका लागि सम्पूर्ण राजनीतिक शक्ति एक हुनुपर्ने बताएका छन्।
पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा उनले जनताको लामो संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा, आर्थिक एवं सामाजिक विकास, विपत्तिका बेला साझेदारी तथा छरिएका कम्युनिस्टहरु एकताबद्ध हुनुपर्ने बताए।
पूर्वप्रधानमन्त्री दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धिको रक्षाका निम्ति जस्तोसुकै बलिदान गर्न पार्टीका नेता तथा कार्यकर्ता तत्पर हुनुपर्ने बताए।
पार्टी सहसंयोजक माधवकुमार नेपालले सामाजिक विभेदको अन्त्य नभएसम्म समृद्ध नेपालको सपना साकार नहुने विचार व्यक्त गरे।
प्रकाशित: २९ असोज २०८३ २१:०७ | Thursday, October 15, 2026
प्रतिक्रिया




