सर्वोच्चका चार न्यायाधीशले लिए शपथ

हिमाल प्रेस २७ कार्तिक २०८३ १५:४८ | Friday, November 13, 2026
सर्वोच्चका चार न्यायाधीशले लिए शपथ तस्बिर : शीतल निवास

काठमाडौँ-  सर्वोच्च अदालतका नवनियुक्त चारजना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा शुक्रबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश मनोजकुमार शर्माले नवनियुक्त न्यायाधीशहरू डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई शपथ गराएका हुन्।

यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका थिए। उनीहरूलाई संसदीय सुनुवाइवाट अनुमोदन भएपछि राष्ट्रपति पौडेलले नियुक्त गरेका हुन्।

प्रकाशित: २७ कार्तिक २०८३ १५:४८ | Friday, November 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast